काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज घरेलु टोली हङकङविरुद्ध मैदान उत्रँदैछ। यसअघि लगातार दुई खेलमा जित निकाल्दै अपराजित रहेको नेपालले फाइनल सुनिश्चित गर्न हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो।
खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। यता, हङकङले कुवेतसँग हार बेहोरेको भए पनि कतारलाई ६८ रनले हराएको थियो।
नेपाल ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ, हङकङ र कुवेत २–२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने कतार अंकविहीन रहँदै पुछारमा छ।
प्रतिक्रिया