२९ माघ २०८२, बुधबार । February 11, 2026

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न



काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय प्राङ्गणमा भएको विशेष कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समय बिताएकाहरूले प्रि–स्कुलको महत्व र मन्टेश्वरी शिक्षण पद्धतिका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा तारकेश्वर नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष घनश्याम श्रेष्ठले पैँयाटार जस्तो नयाँ वस्ती विकास भइरहेको स्थानमा मन्टेश्वरी विद्यालय सञ्चालन हुनुले स्थानीयहरूलाई आफ्ना नानीबाबुलाई विद्यालय पठाउन सहज भएको बताए ।

‘मन्टेश्वरी शिक्षण पद्धति आफैँमा उत्कृष्ट भएकाले यसको मर्म अनुसार नै अल्फाबेट मन्टेश्वरीले नानीबाबुहरूको सिकाई प्रक्रियामा सहयोग गर्ने छ भन्ने मैले विश्वास लिएको छु, ‘अध्यक्ष क्षेष्ठले भने, ‘नगरपालिकाकाको तर्फबाट यस्ता प्रि–स्कुलको निगरानी गरिनुका साथै आवश्यक परामर्श र सहयोग पनि गरिन्छ ।’

कार्यक्रममा अध्ययन फाउण्डेसनका निर्देशक शरणकुमार अर्यालले नानीबाबुको सिकाई प्रक्रिया विद्यालय र अभिभावकको साझा यात्रा भएको उल्लेख गर्दै दुवै पक्षले एकआपसमा सल्लाह गरेर अघि बढ्न सक्दा बालबालिकाको समग्र विकासमा उत्कृष्ट कार्य गर्न सकिने बताए । ‘नानीबाबुहरूका लागि विद्यालय दोस्रो घर हो भने, घर उनीहरूका लागि दोस्रो विद्यालय हो, निर्देशक अर्यालले भने, ‘घरमा सिक्न नसकेका विषय विद्यालयमा सिक्न सकिन्छ र विद्यालयमा सिक्न नसकेका विषय घरमा सिक्न सकिन्छ ।’

विद्यालय र अभिभावकबीच जति घनिष्ठ सम्बन्ध कायम गर्न सकियो विद्यार्थीको सिकाई प्रक्रिया उति नै सहज हुँदै जाने निर्देशक अर्यालले बताए । बाल उद्दार मा.वि. कपनका प्रधानाध्यापक विनोद पण्डितले बालबालिकाको समग्र सिकाई प्रक्रियामा प्रि–स्कुलको महत्वपूर्ण भूमिका हुने बताए । ‘प्लेग्रुपदेखि यूकेजीसम्मका नानीबाबुहरूको संवेदनशील समयलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु र उनीहरूलाई अक्षर चिन्न र लेख्न सक्ने बनाउनु आफैँमा महत्वपूर्ण कार्य हो, प्रअ पण्डितले भने, ‘यस्ता प्रि–स्कुललाई सरोकारवाला पक्षबाट आवश्यक सहयोग र हौसला प्रदान गरिनु पर्छ ।’

अभिभावक अमृतजंग खड्काले अल्फाबेट मन्टेश्वरी सुरु हुनेबित्तिकै आफूले बच्चा भर्ना गराएको उल्लेख गर्दै तीन वर्षमा विद्यालयले सन्तोषजनक कार्य गरेको बताए । ‘तीन जना बच्चामात्र विद्यालयमा भर्ना भएको अवस्थामा मैले मेरो बच्चालाई यस स्कुलमा भर्ना गर्न ल्याएको थिएँ, अभिभावक खड्काले भने, ‘सञ्चालक म्यामहरूले हामीलाई विश्वास गर्नुहोस् हामी तपाईंको विश्वास अनुसार नै कार्य गरेर प्रमाणित गर्छौं भन्नु भएको थियो । उहाँहरूले गरेको प्रतिबद्धता अनुसार नै कार्य गर्नुभएको छ ।’
कक्षा १ मा भर्ना गराउनका लागि अन्य विद्यालयमा बच्चा लिएर जाँदा बच्चाको सिकाई प्रक्रिया अब्बल रहेको पाएर आफू निकै खुशी भएको खड्काले बताए ।

आल्फाबेट मन्टेश्वरीकी संस्थापक तथा प्रिन्सिपल मुनम गौतमले अभिभावक दिवस विद्यालयका लागि मात्र नभई, सम्पूर्ण विद्यार्थी र अभिभावकहरूका लागि पनि महत्वपूर्ण दिन भएको बताइन् । विद्यालयले नानीबाबुहरूको समग्र विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै प्रिन्सिपल गौतमले उनीहरूलाई नैतिकवान, सिर्जनशील र आत्मविश्वासी बनाउन मन्टेश्वरी शिक्षण विधिलाई लागू गर्दै आइरहेको बताइन् । नानीबाबुहरूको सिकाई प्रक्रियामा अभिभावकहरूको साथ र सहकार्य अनिवार्य हुने बताउँदै उनले अभिभावकहरूको सल्लाह, सहयोग, सुझाव र विश्वासको आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालयकी सञ्चालक सिर्जना पौडेलले विद्यालय र अभिभावकहरूबीचको सम्बन्ध जति सुदृढ हुन्छ त्यति नै विद्यार्थीहरूको सिकाइको गुणस्तर उच्च हुने भएकाले आफूहरू अभिभावकहरूसँग सल्लाह गरेर अघि बढ्ने बताइन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी