१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

रुसी पत्रकारहरूलाई ६ वर्षसम्मको जेल सजाय


२८ चैत्र २०८१, शुक्रबार  

24
Shares

एजेन्सी | रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको प्रतिबन्धित सङ्गठनसँग सम्बन्ध रहेको भन्दै चार स्वतन्त्र पत्रकारविरुद्ध पाँच वर्ष ११ महिनाको जेल सजायको माग गरेका छन्।

मस्कोको नागाटिन्स्की अदालतमा अभियोजनकर्ताले पत्रकार एन्टोनिना क्राभत्सोभा, कोन्स्टेन्टिन गाबोभ, सर्गेइ कारेलिन र आर्टेम क्रिगरमाथि ‘अतिवादी समूहमा संलग्न’ भएको आरोप लगाएका हुन्। उक्त अभियोगमा अधिकतम ६ वर्षको जेल सजाय हुन सक्ने व्यवस्था छ।

नाभाल्नीको सन् २०२३ मा आर्कटिक जेलमा रहस्यमय मृत्यु भएको केही महिनापछि उनीहरूलाई पक्राउ गरिएको थियो। क्राभत्सोभा स्वतन्त्र अनलाइन मिडिया सोटाभिजनका लागि नाभाल्नीसम्बन्धी विषयवस्तु कभरेज गर्दै आएकी थिइन्। गाबोभ र करेलिनले नाभाल्नीको सामाजिक सञ्जाल च्यानलका लागि सामग्री तयार पारेको आरोप छ, भने क्रिगरले राजनीतिक विरोध प्रदर्शनहरूलाई कभरेज गरेका थिए।

रुसले सन् २०२२ को युक्रेन आक्रमणपछि स्वतन्त्र मिडियामाथि व्यापक नियन्त्रण लागू गर्दै आलोचनात्मक आवाजलाई बन्द गर्न थालेको छ। धेरै स्वतन्त्र सञ्चारमाध्यमहरू विदेशबाट सञ्चालन गर्न बाध्य भएका छन्।

अदालतको सुनुवाइ बन्द ढोकामा गरिए पनि पत्रकारहरूले अभियोजन पक्षको सजाय मागबारे जानकारी बाहिर ल्याउन सफल भएका थिए। नाभाल्नीको सङ्गठनलाई ‘अतिवादी’ भनी प्रतिबन्ध लगाएको र त्यसपछि पनि त्यससँग जोडिएका व्यक्तिमाथि कारबाहीको क्रम जारी राखिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था