५ चैत्र २०८२, बिहिबार । March 20, 2026

आईपीएलः दिल्लीको अपराजित यात्रा कायमै, बेंग्लुरूलाई ६ विकेटले हरायो


२८ चैत्र २०८१, शुक्रबार  

36
Shares

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बेंग्लुरूको एम चिन्नास्वामी स्टेडियममा दिल्ली क्यापिटल्सले घरेलु टोली रोयल च्यालेन्जर्स बेंग्लुरूलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बेंग्लुरूले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितमा केएल राहुल चम्किए, उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ९३ रन बनाए। ट्रिस्टन स्टब्सले पनि उल्लेखनीय योगदान दिँदै २३ बलमा ४ चौका र १ छक्का सहित ३८ रन जोडे। कप्तान अक्षर पटेलले १५ रन बनाए भने अन्य ब्याटर खासै चल्न सकेनन्।

बेंग्लुरूका लागि भुवनेश्वर कुमारले दुई विकेट लिए भने यस दयाल र सुयाश शर्माले एक/एक विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लुरूले ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। ओपनर फिल सल्टले १७ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएका थिए।

टिम डेविडले २० बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाएर नटआउट रहे। कप्तान रजत पाटीदारले २५, विराट कोहलीले २२ र क्रुनाल पाण्डेले १८ रन जोडे। दिल्लीका बलरहरू प्रभावशाली रहे – विपराज निगम र कुलदीप यादवले दुई/दुई विकेट लिए भने मुकेश कुमार र मोहित शर्माले एक/एक विकेट लिए।

यो जितसँगै दिल्लीले चारै खेल जित्दै ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा पकड जमाएको छ। बेंग्लुरूले पाँच खेलमा दुई हार व्यहोरेको छ र ६ अंकसहित तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा