२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

आईपीएलः दिल्लीको अपराजित यात्रा कायमै, बेंग्लुरूलाई ६ विकेटले हरायो



एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बेंग्लुरूको एम चिन्नास्वामी स्टेडियममा दिल्ली क्यापिटल्सले घरेलु टोली रोयल च्यालेन्जर्स बेंग्लुरूलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बेंग्लुरूले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितमा केएल राहुल चम्किए, उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ९३ रन बनाए। ट्रिस्टन स्टब्सले पनि उल्लेखनीय योगदान दिँदै २३ बलमा ४ चौका र १ छक्का सहित ३८ रन जोडे। कप्तान अक्षर पटेलले १५ रन बनाए भने अन्य ब्याटर खासै चल्न सकेनन्।

बेंग्लुरूका लागि भुवनेश्वर कुमारले दुई विकेट लिए भने यस दयाल र सुयाश शर्माले एक/एक विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लुरूले ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। ओपनर फिल सल्टले १७ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएका थिए।

टिम डेविडले २० बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाएर नटआउट रहे। कप्तान रजत पाटीदारले २५, विराट कोहलीले २२ र क्रुनाल पाण्डेले १८ रन जोडे। दिल्लीका बलरहरू प्रभावशाली रहे – विपराज निगम र कुलदीप यादवले दुई/दुई विकेट लिए भने मुकेश कुमार र मोहित शर्माले एक/एक विकेट लिए।

यो जितसँगै दिल्लीले चारै खेल जित्दै ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा पकड जमाएको छ। बेंग्लुरूले पाँच खेलमा दुई हार व्यहोरेको छ र ६ अंकसहित तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको