५ बैशाख २०८३, शनिबार । April 19, 2026

हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ जनाको ज्यान गयो


२८ चैत्र २०८१, शुक्रबार  

33
Shares

एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा भएको एक दर्दनाक हेलिकप्टर दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमध्ये पाँच जना स्पेनी नागरिक रहेको र ती सबै एकै परिवारका सदस्य भएको जनाइएको छ। पाइलटको समेत घटनास्थलमै मृत्यु भएको न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले पुष्टि गरेका छन्। सार्वजनिक भिडियो फुटेजमा हेलिकप्टरलाई आकाशबाट उल्टो अवस्थामा खसिरहेको देखिएको छ, जसपछि त्यो हडसन नदीमा खसेको थियो।

घटनाको अनुसन्धान संघीय उड्डयन प्रशासन (एफएए) को समन्वयमा राष्ट्रिय यातायात सुरक्षा बोर्डले गर्ने जनाएको छ। यो हडसन नदीमा भएको पहिलो हेलिकप्टर दुर्घटना भने होइन। सन् २०१८ मा पनि पर्यटक बोकेको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो। त्यस्तै, २००९ मा इटालियन पर्यटकसहितको हेलिकप्टर एक निजी विमानसँग ठोक्किँदा नौ जनाको मृत्यु भएको थियो।

बारम्बार यस्ता घटनाहरू घटिरहेको अवस्थामा हेलिकप्टर सुरक्षाबारे फेरि बहस सुरु हुने देखिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित