२ माघ २०८२, बिहिबार । January 16, 2026

हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ जनाको ज्यान गयो



एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा भएको एक दर्दनाक हेलिकप्टर दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमध्ये पाँच जना स्पेनी नागरिक रहेको र ती सबै एकै परिवारका सदस्य भएको जनाइएको छ। पाइलटको समेत घटनास्थलमै मृत्यु भएको न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले पुष्टि गरेका छन्। सार्वजनिक भिडियो फुटेजमा हेलिकप्टरलाई आकाशबाट उल्टो अवस्थामा खसिरहेको देखिएको छ, जसपछि त्यो हडसन नदीमा खसेको थियो।

घटनाको अनुसन्धान संघीय उड्डयन प्रशासन (एफएए) को समन्वयमा राष्ट्रिय यातायात सुरक्षा बोर्डले गर्ने जनाएको छ। यो हडसन नदीमा भएको पहिलो हेलिकप्टर दुर्घटना भने होइन। सन् २०१८ मा पनि पर्यटक बोकेको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो। त्यस्तै, २००९ मा इटालियन पर्यटकसहितको हेलिकप्टर एक निजी विमानसँग ठोक्किँदा नौ जनाको मृत्यु भएको थियो।

बारम्बार यस्ता घटनाहरू घटिरहेको अवस्थामा हेलिकप्टर सुरक्षाबारे फेरि बहस सुरु हुने देखिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले