२ माघ २०८२, बिहिबार । January 16, 2026

हेबेई प्रान्तको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु



एजेन्सी । उत्तर चीनको हेबेई प्रान्तको लोङहुआ काउन्टीस्थित एक नर्सिङ होममा मङ्गलबार राति आगलागी हुँदा २० जनाको मृत्यु भएको छ।

बेइजिङबाट १८० किलोमिटर उत्तरपूर्वमा रहेको नर्सिङ होममा आगलागी मङ्गलबार राति ९ बजे ९१३०० जिएमटी० सुरु भएको थियो। सिन्ह्वा समाचार एजेन्सीका अनुसार बुधबार बिहानसम्म २० जनाको मृत्यु भएको पुष्टि गरिएको छ। नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप उपचारका लागि नजिकैको अस्पतालमा स्थानान्तरण गरिएको छ।

आगलागीको कारणको बारेमा अनुसन्धान भइरहेको र नर्सिङ होमको जिम्मेवार व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षामा लापरवाहीका कारण यस प्रकारका घटनाहरू बढि सामान्य भएका छन्।

यसअघि पनि जनवरी महिनामा बेइजिङको झाङजियाकोउ सहरमा आगलागी हुँदा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले