काठमाडौं । नेपालमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ पुगिसकेको छ। मंगलबार यो मूल्य १ लाख ७३ हजार ४ सय रुपैयाँ थियो। चाँदीको मूल्य पनि बुधबार केहि वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको छ, जबकि मंगलबार यसको मूल्य १ हजार ८३० रुपैयाँ थियो।
यसैबीच, चैत महिनामा २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो, जब प्रतितोला मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यतिबेला चाँदीको मूल्य प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेको थियो।
प्रतिक्रिया