२ माघ २०८२, बिहिबार । January 16, 2026

संगीत रोकिन नपाउँदै मृत्युको शंख : नाइटक्लबको छतले ७९ जीवन थिच्यो



काठमाडौं । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक भयानक दुर्घटना घटेको छ।

जेट सेट नामक लोकप्रिय नाइटक्लबको छत अचानक खस्दा कम्तीमा ७९ जनाले ज्यान गुमाएका छन् भने १६० जना घाइते भएका छन्। मेरेंग कन्सर्ट चलिरहेको बेलामा भएको यस घटनामा डोमिनिकन समाजका राजनीतिक, खेलकुद र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिहरू समेत सहभागी थिए।

प्रत्यक्षदर्शीका अनुसार जब चर्चित गायक रुबी पेरेज स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका थिए, त्यति बेलामा क्लबको बत्ती अचानक निभ्यो र केही क्षणमै छत थाँती भइ खसेको थियो। डोमिनिकन आपतकालीन सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुअल मेन्डेजका अनुसार उद्धार कार्य जारी रहेको छ र भग्नावशेषमा अझै पनि केही मानिस जीवितै फसेका हुनसक्ने अनुमान गरिएको छ।

४०० भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सको सहयोगमा घाइतेहरूको उद्धार तथा राहत कार्य तीव्र गतिमा अघि बढाइएको छ। क्लबमा करिब ५०० देखि १००० सम्म दर्शक उपस्थित रहेको बताइएको छ। घटनाको कारण अनुसन्धान भइरहेको छ भने डोमिनिकन सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले