२ माघ २०८२, बिहिबार । January 16, 2026

भुर्तेल र रोहितको विस्फोटक ब्याटिङः नेपालले कतारलाई ८ विकेटले जित्यो



काठमाडौं । हङकङमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।

पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो। १५२ रनको लक्ष्य पछ्याउँदै नेपालले मात्र १७ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन बनाउँदै आक्रामक सुरुवात दिलाए। उनले चार चौका र तीन छक्का प्रहार गरे।

अर्का ओपनर आशिफ शेखले ३३ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे। बसिर अहमदले पनि अविजित ३० रन जोड्दै जित सहज बनाएका थिए। कतारका लागि मुजिब उर रहमानले नेपालका दुवै विकेट लिएका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनाएको थियो।

कप्तान इक्रमुल्लाह खानले ५४ बलमा ५४ रन बनाउँदै टिमलाई सशक्त सुरुवात दिलाए। शाहजीब जमिलले ३१, मुजिब उर रहमानले नटआउट २०, मोहम्मद इरशादले १८, र नागार्जनले १३ रन बनाए। नेपालका तर्फबाट करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजवंशीले समान रूपमा १/१ विकेट लिए।

सिरिजमा अब नेपालले हङकङसँग प्रतिस्पर्धा गर्नेछ, जसले उपाधिका लागि दौड अझ रोमाञ्चक बन्नेछ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले