२३ माघ २०८२, बिहिबार । February 5, 2026

भुर्तेल र रोहितको विस्फोटक ब्याटिङः नेपालले कतारलाई ८ विकेटले जित्यो



काठमाडौं । हङकङमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।

पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो। १५२ रनको लक्ष्य पछ्याउँदै नेपालले मात्र १७ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन बनाउँदै आक्रामक सुरुवात दिलाए। उनले चार चौका र तीन छक्का प्रहार गरे।

अर्का ओपनर आशिफ शेखले ३३ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे। बसिर अहमदले पनि अविजित ३० रन जोड्दै जित सहज बनाएका थिए। कतारका लागि मुजिब उर रहमानले नेपालका दुवै विकेट लिएका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनाएको थियो।

कप्तान इक्रमुल्लाह खानले ५४ बलमा ५४ रन बनाउँदै टिमलाई सशक्त सुरुवात दिलाए। शाहजीब जमिलले ३१, मुजिब उर रहमानले नटआउट २०, मोहम्मद इरशादले १८, र नागार्जनले १३ रन बनाए। नेपालका तर्फबाट करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजवंशीले समान रूपमा १/१ विकेट लिए।

सिरिजमा अब नेपालले हङकङसँग प्रतिस्पर्धा गर्नेछ, जसले उपाधिका लागि दौड अझ रोमाञ्चक बन्नेछ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल