४ असार २०८३, बिहिबार । June 18, 2026

पञ्जाबको शानदार प्रदर्शन : तेस्रो जितसहित प्लेअफमा धावा


२६ चैत्र २०८१, बुधबार  

102
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ।

मंगलबारको खेलमा, पञ्जाबले चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै चार खेलमा आफ्नो तेस्रो जित हात पारेको हो। पञ्जाबले दिएको २२० रनको लक्ष्य पछ्याउँदै चेन्नई २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। डेभन कनवेले सर्वाधिक ६९ रन बनाएका भए पनि त्यो जितको लागि पर्याप्त भएन। उनी १८औं ओभरमा रिटायर आउट भए।

चेन्नईका अन्य खेलाडी शिवम दुबेले ४२, रचिन रविन्द्रले ३६ र एमएस धोनीले २७ रन बनाए। पञ्जाबका लकी फर्गुसनले २ विकेट लिएका थिए भने ग्लेन म्याक्सवेल र यश ठाकुरले १(१ विकेट लिएका थिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो।

ओपनर प्रियान्श आर्याले ३९ बलमै शतक पूरा गर्दै ४२ बलमा १०३ रन बनाएका थिए। शशांक सिंह ५२ रनमा अविजित रहे। पञ्जाबको यो जितसँगै ४ खेलमा ६ अंक जोडेर अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ, जबकि चेन्नई ५ खेलमा २ अंक मात्र जोडेर नवौं स्थानमा छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा