१४ बैशाख २०८२, आइतबार । April 27, 2025

पञ्जाबको शानदार प्रदर्शन : तेस्रो जितसहित प्लेअफमा धावा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ।

मंगलबारको खेलमा, पञ्जाबले चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै चार खेलमा आफ्नो तेस्रो जित हात पारेको हो। पञ्जाबले दिएको २२० रनको लक्ष्य पछ्याउँदै चेन्नई २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। डेभन कनवेले सर्वाधिक ६९ रन बनाएका भए पनि त्यो जितको लागि पर्याप्त भएन। उनी १८औं ओभरमा रिटायर आउट भए।

चेन्नईका अन्य खेलाडी शिवम दुबेले ४२, रचिन रविन्द्रले ३६ र एमएस धोनीले २७ रन बनाए। पञ्जाबका लकी फर्गुसनले २ विकेट लिएका थिए भने ग्लेन म्याक्सवेल र यश ठाकुरले १(१ विकेट लिएका थिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो।

ओपनर प्रियान्श आर्याले ३९ बलमै शतक पूरा गर्दै ४२ बलमा १०३ रन बनाएका थिए। शशांक सिंह ५२ रनमा अविजित रहे। पञ्जाबको यो जितसँगै ४ खेलमा ६ अंक जोडेर अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ, जबकि चेन्नई ५ खेलमा २ अंक मात्र जोडेर नवौं स्थानमा छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा ललितपुर सिटी