१५ बैशाख २०८२, सोमबार । April 28, 2025

काठमाडौंको पुनरागमन: बुटवलमाथि संकटकालीन जित, प्लेअफ ढोका खुल्ला



काठमाडौं । एकदमै दबाबपूर्ण अवस्थामा रहेको काठमाडौं रेजर्सले मंगलबार बुटवल लुम्बिनी एफसीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा आफ्नो प्लेअफको ढोका खुला राख्न सफल भएको छ।

खेल दुवै टिमका लागि ‘गर या मर’ को स्थितिमा थियो। जितविहीन यात्राबाट माथि उठ्न र अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्न दुवै टोली मैदानमा उत्रिएका थिए। तर, खेलको निर्णायक क्षणमा चम्किएका अमादोउ डियोपले खेल सकिन एक मिनेट बाँकी रहँदै गरेको उत्कृष्ट गोलले काठमाडौंलाई महत्वपूर्ण जित दिलाए।

भिन्सेन्ट कोजिएलोसँगको ‘वन टु’ पासमा डिबक्सबाहिरबाट डियोपले गरेको कडा प्रहारले बुटवलका गोलकिपरलाई छक्याउँदै जाली चुम्यो। यो डियोपको प्रतियोगिताको दोस्रो गोल हो, जसले काठमाडौंलाई पाँच अंकसहित तालिकाको तेस्रो स्थानमा पुर्यायो । खेलको टर्निङ प्वाइन्ट ७०औं मिनेटमा आयो, जब बुटवल लुम्बिनीका सुमन श्रेष्ठले काठमाडौंका एलिजो न एलिजोनोभमाथि गरेको उग्र फाउलका कारण सिधा रातो कार्ड पाए।

त्यसपछि १० खेलाडीमा झरेको बुटवलले रक्षात्मक खेल खेल्न बाध्य भयो। फाइदाको स्थितिमा पुगेपछि काठमाडौंले आक्रमणमा तीव्रता ल्यायो। ७६ र ७७औं मिनेटमा कोजिएलो र डियोपका प्रहार बुटवलका गोलरक्षक दीपकले रोके पनि ८९औं मिनेटमा भने उनी असहाय देखिए।

चार खेलपछि काठमाडौंले एक जित, दुई बराबरी र एक हारसहित ५ अंक बनाएको छ, भने बुटवल लुम्बिनी अझै पनि जितको खोजीमा छ-एक बराबरी र तीन हारसहित तालिकाको पुछारमा अडिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको