१४ बैशाख २०८२, आइतबार । April 27, 2025

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो



काठमाडौं । आजको सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ।

सोमबार ३२.४५ अंकले घटेको नेप्से परिसूचक आज १.७३ प्रतिशतले बढेर २६७१.८० विन्दुमा पुगेको हो। यद्यपि, कारोबार रकम सोमबारको तुलनामा घटेको देखिएको छ। यसदिन ३२१ स्क्रिप्सको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९९७ रुपैयाँमा खरिदबिक्री भएको हो।

अघिल्लो दिन सोमबार ५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक सामान्य अंकले बढेपनि, तीन कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। बोटलर्स नेपाल, विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो फाइनान्स इन्स्योरेन्सका सेयर १० प्रतिशतले बढेका हुन्।

आजको कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो, जसको ५९ करोड १४ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। हिमालयन रिइन्स्योरेन्सको ४० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ, र नेपाल रिइन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर, र राधी विद्युतका सेयर पनि क्रमशः २३ करोड, २१ करोड र १८ करोड मूल्यमा कारोबार भएका छन्।

त्यसैगरी, ६ समूहको उपसूचकमा वृद्धि देखिए पनि ७ वटामा नकारात्मक देखिएका छन्। कारोबारमा आएका १२१ स्टक्सको मूल्य बढ्दा १२३ स्टक्सको मूल्य घटेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको