२५ फाल्गुन २०८२, सोमबार । March 10, 2026

कहिल्यै नथाक्ने स्वर, कहिल्यै नझुक्ने साहस ! ‘इन्डियन आइडल १५’ की विजेता मानसी घोष


२४ चैत्र २०८१, सोमबार  

36
Shares

काठमाडौं । सपना देखिन्, संघर्ष गरिन्, र अन्ततः त्यो सपना साकार बनाइन्-नसी घोष, जसले ‘इन्डियन आइडल सिजन १५’ को ताज आफ्नै नाममा लेखाइन्।

सुमधुर स्वर, आत्मीय प्रस्तुति र निरन्तर प्रयासको यात्राले उनलाई संगीतको मञ्चमा नयाँ उचाइमा पुर्‍याएको छ। करोडौं दर्शकको मन छोएको उनको जादुमयी आवाजले सिंगो भारत र पारिपट्टिका श्रोताको हृदय जित्यो। फिनालेको रात, जब नाम उच्चारण गरियो-“मानसी घोष”, त्यो क्षण भावनाले भरिएको थियो। आँखा रसाइरहेका थिए, खुसीको आँसु बगिरहेका थिए, र पूरा संसारले तालि बजाउँदै उनलाई स्वागत गरिरहेको थियो।

उपाधिसँगै उनले २५ लाख भारतीय रुपैयाँको नगद पुरस्कार र चम्किलो नयाँ कार जितिन्। तर त्यसभन्दा धेरै मूल्यवान् उपहार भनेको जनताको माया र सम्मान हो, जुन उनले सिजनभरि आफ्ना प्रस्तुतीमार्फत कमाएकी हुन्। ‘इन्डियन आइडल’को आधिकारिक इन्स्टाग्राममार्फत पनि उनलाई विशेष बधाई दिइएको छ ।

यो सिजनलाई तीन चर्चित कलाकार:श्रेया घोषाल, विशाल ददलानी र बादशाहले निर्णायकको रूपमा मूल्याङ्कन गरेका थिए। फिनालेमा स्नेहा शंकर, सुभाजित चक्रवर्ती, चैतन्य देवधे (माउली), प्रियङ्शु दत्त र मानसी घोष प्रतिस्पर्धामा थिए। टप ३ मा स्नेहा, सुभाजित र मानसी परेका थिए, जहाँ मानसी विजयी भइन्। स्नेहा शंकर सेकेन्ड रनरअप बनिन् र उनले ५ लाख भारु पुरस्कार जितिन्। साथै, टी-सिरीजका प्रमुख भूषण कुमारले स्नेहासँग रेकर्डिङ सम्झौता गरेका छन्, जुन उनका लागि अर्को ठूलो अवसर हो।

मानसीका लागि यो पहिलो मञ्च थिएन। उनी यसअघि ‘सुपर सिंगर’ को तेस्रो सिजनमा सहभागी भएकी थिइन्, जहाँ उनी फस्ट रनरअप बनिन्। त्यो अनुभवले उनलाई अझ परिपक्व बनायो, र इन्डियन आइडलमा उनले हरेक प्रस्तुतिमा त्यो परिपक्वता झल्काइन्।

आज मानसी घोषको नाम केवल एक गायिका होइन, एक प्रेरणा बनेको छ-सपना देख्न नछाड्ने, संघर्ष गर्न नछाड्ने र अन्ततः सफलता अँगाल्न सक्षम बनाउने एक उदाहरण।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по