२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

डोटीमा मिनी ट्रक दुर्घटनाः २७ वर्षीय युवकको मृत्यु, एक जना घाइते


२४ चैत्र २०८१, सोमबार  

33
Shares

डोटी । सोमबार दिउँसो साढे १२ बजे डोटीको बडीकेदार गाउँपालिका–३ देउथानमा एक मिनी ट्रक दुर्घटनामा परेको छ।

जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गर्दै सेलानेको खोलामा पुर्याउन लागेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक सडक किनारामा पल्टिँदा २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा ट्रकमा रहेका काठले गुरुङलाई च्यापेर घटनास्थलमै मृत्यु भएको थियो।

सोही ट्रकमा सवार लोकबहादुर पल्ली मगर, जो सामुदायिक वनका अध्यक्ष हुन्, घाइते भएका छन्। घाइते व्यक्तिको उपचार स्थानीय मूलीचौर स्वास्थ्यचौकीमा भइरहेको र उनको अवस्था मध्यम रहेको वडाध्यक्ष प्रकाश लामाले जानकारी दिएका छन्।

प्रहरीले ट्रक चालक गोपाल बडेला (२९), बडिकेदार गाउँपालिका–२ बर्छैनका, को खोजी जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ४ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ