२ माघ २०८२, बिहिबार । January 16, 2026

शिक्षकका समस्याको तत्काल समाधान गर्न नेकपा (एस) को आग्रह



काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले शिक्षा ऐन तुरुन्त पारित गर्न र शिक्षकका जायज मागलाई छिटो वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

पार्टीले शिक्षकको आन्दोलनसँग एक्यबद्धता प्रकट गर्दै, शैक्षिक क्षेत्रका वाजिब मागहरू पूरा गर्न र सरकारले पहिले गरेका सम्झौताहरूलाई कार्यान्वयन गर्नुपर्ने कुरा उठाएको हो। पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ, “यस आन्दोलनले शैक्षिक क्षेत्रमा ठूलो असर पुर्याएको छ, पठनपाठन प्रभावित भएको छ र एसईईको उत्तरपुस्तिका परीक्षणमा पनि समस्या आएको छ। यो राज्यका लागि गम्भीर विषय हो, र हाम्रो पार्टी शिक्षकको आन्दोलनप्रति पूर्ण एक्यबद्धता जनाउँछ।”

नेपाल शिक्षक महासंघको नेतृत्वमा, चैत्र २० देखि देशभरिका शिक्षक र विद्यालयका कर्मचारीहरूले गुणस्तरीय शिक्षा र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै छन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले