१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

कर्णाली प्रदेशमा पाठ्यपुस्तकको आपूर्तिमा ढिलाइ, विद्यार्थीको हातमा पुस्तक नपुग्ने चिन्ता



सुर्खेत। कर्णाली प्रदेशका दश जिल्लामा आगामी शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यार्थीहरूको हातमा पुग्ने सम्भावना घटेको छ।

जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा पाठ्यपुस्तक वितरणमा ढिलाइ हुने देखिएको हो। कुल २५ हजार सेट पाठ्यपुस्तकमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन्। जनक शिक्षाले समयमै किताब छापेर गोदाममा राखेका भएपनि बिक्रेताहरूको अडानले किताब गोदाममै थन्कन पुगेका छन्। निजी क्षेत्रले पुरानो स्टकलाई प्राथमिकता दिँदै अधिक कमिसन दिएर किताब बिक्री गर्दा, जनक शिक्षामा विक्रेताले किताब खरिद गर्न कम ध्यान दिएका प्रश्न उठेको छ।

कक्षा १ र ५ का पाठ्यपुस्तक जनक शिक्षाले प्रिन्ट गर्न भनेको भए पनि, निजी क्षेत्रले पनि ती किताब छापेर कमिसन थपेर बिक्री गरेको आरोप छ। कर्णाली प्रदेश कार्यालयका अनुसार, हालसम्म ६६ प्रतिशत किताब पनि बिक्री भएका छैनन्। पुस्तक विक्रेताले अबसम्म गोदाममा पुगेर किताब खरिद नगरेको प्रदेश प्रमुख भैरवबाबु पन्तले जानकारी दिए। स्थानीय तहले बिक्रेतालाई रकम दिएर किताब ढुवानी गरिरहेको भए पनि, डोल्पा जस्तो जिल्लामा भने फागुन महिनामा शैक्षिक सत्र सुरु हुने निहुँमा पाठ्यपुस्तक अझै वितरण हुन सकेको छैन।

यस समस्यालाई समाधान गर्न जनक शिक्षाले विक्रेतालाई जिल्लाअनुसार कमिसन प्रदान गर्दै आएको भए पनि, मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्ला जिल्लामा किताब खरिद गर्न समस्या भइरहेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको