२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कर्णाली प्रदेशमा पाठ्यपुस्तकको आपूर्तिमा ढिलाइ, विद्यार्थीको हातमा पुस्तक नपुग्ने चिन्ता


२४ चैत्र २०८१, सोमबार  

9
Shares

सुर्खेत। कर्णाली प्रदेशका दश जिल्लामा आगामी शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यार्थीहरूको हातमा पुग्ने सम्भावना घटेको छ।

जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा पाठ्यपुस्तक वितरणमा ढिलाइ हुने देखिएको हो। कुल २५ हजार सेट पाठ्यपुस्तकमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन्। जनक शिक्षाले समयमै किताब छापेर गोदाममा राखेका भएपनि बिक्रेताहरूको अडानले किताब गोदाममै थन्कन पुगेका छन्। निजी क्षेत्रले पुरानो स्टकलाई प्राथमिकता दिँदै अधिक कमिसन दिएर किताब बिक्री गर्दा, जनक शिक्षामा विक्रेताले किताब खरिद गर्न कम ध्यान दिएका प्रश्न उठेको छ।

कक्षा १ र ५ का पाठ्यपुस्तक जनक शिक्षाले प्रिन्ट गर्न भनेको भए पनि, निजी क्षेत्रले पनि ती किताब छापेर कमिसन थपेर बिक्री गरेको आरोप छ। कर्णाली प्रदेश कार्यालयका अनुसार, हालसम्म ६६ प्रतिशत किताब पनि बिक्री भएका छैनन्। पुस्तक विक्रेताले अबसम्म गोदाममा पुगेर किताब खरिद नगरेको प्रदेश प्रमुख भैरवबाबु पन्तले जानकारी दिए। स्थानीय तहले बिक्रेतालाई रकम दिएर किताब ढुवानी गरिरहेको भए पनि, डोल्पा जस्तो जिल्लामा भने फागुन महिनामा शैक्षिक सत्र सुरु हुने निहुँमा पाठ्यपुस्तक अझै वितरण हुन सकेको छैन।

यस समस्यालाई समाधान गर्न जनक शिक्षाले विक्रेतालाई जिल्लाअनुसार कमिसन प्रदान गर्दै आएको भए पनि, मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्ला जिल्लामा किताब खरिद गर्न समस्या भइरहेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ