२ माघ २०८२, बिहिबार । January 16, 2026

आइपिएल २०२५ः गुजरातको प्रभावशाली जित



एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत सोमबार भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको तेस्रो जित हात पारेको छ।

यो जितसँगै गुजरात ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले बलिङ रोजेको गुजरातले हैदराबादलाई २० ओभरमा ८ विकेटमा १५२ रनमै रोक्न सफल भयो। त्यसपछि १५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य सजिलै पूरा गर्‍यो। सुरुवातमा गुजरातको ब्याटिङ कमजोर देखिएको थियो। १६ रनमै ओपनर साई सुदर्शन (५ रन) र जोस बट्लर (० रन) आउट हुँदा टोली दवाबमा परेको थियो।

तर त्यसपछि कप्तान शुभमन गिल र वासिङ्टन सुन्दरले संयमित ब्याटिङ गर्दै तेस्रो विकेटका लागि ९० रनको महत्वपूर्ण साझेदारी गरे। वासिङ्टनले २९ बलमा ५ चौका र २ छक्का सहित ४९ रन बनाएर मोहम्मद सामीको बलमा आउट भए। शुभमन गिलले भने ३६ बलमा ७ चौकासहित अर्धशतक प्रहार गरे र अन्तिमसम्म अविजित रहँदै ६१ रन बनाए।

सेरफान रुथफोर्डले पनि आक्रामक रूपमा ३५ रनको नटआउट पारी खेले। पहिले ब्याटिङ गरेको हैदराबादले सुरुवातमै दुई ओपनर ट्राभिस हेड (८ रन) र अभिषेक शर्मा (१८ रन) सस्तोमा गुमायो। तेस्रो विकेटका रूपमा इशान किशन पनि १७ रनमा आउट भएपछि टोली दबाबमा आयो। यसपछि हेनरिक क्लासेन (२७) र नितिश रेड्डी (३१) ले केही हदसम्म सम्हाल्ने प्रयास गरे पनि लगातार विकेट पतनको कारण टोलीले १५२ रनमै सिमित रहनुपर्‍यो।

कप्तान प्याट क्युमिन्सले भने अन्त्यतिर ९ बलमा २२ रन जोडेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।गुजरातका लागि मोहम्मद शिराज सर्वश्रेष्ठ बलर साबित भए। उनले ४ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट झारे। प्रसिद्ध कृष्ण र साई किशोरले समान २–२ विकेट लिए।

यो जितसँगै गुजरात टाइटन्सले चार खेलमा तेस्रो जित निकाल्दै ६ अंक जोडेको छ। लगातार चार हार बेहोरेको सनराइजर्स हैदराबाद भने पाँच खेलमा मात्र २ अंकसहित अंक तालिकाको पुछारमा छ, र उसको प्लेअफ यात्रा जटिल बनेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले