२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

वरिष्ठ पत्रकार भैरव रिसालको निधन, शरीर पाटन अस्पताललाई दान


२४ चैत्र २०८१, सोमबार  

21
Shares

काठमाडौं । नेपाली पत्रकारिता जगतका एक जीवित किंवदन्ती, वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ।

उनको निधन गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा भएको हो। उनि मुटु र फोक्सो सम्बन्धी समस्याबाट पीडित थिए । वि.सं.१९८५ साउन २९ गते भक्तपुरको तिथलीमा जन्मिएका रिसालले नेपाली पत्रकारिता र सामाजिक सेवामा लामो समय योगदान पुर्याएका थिए । जीवनकालमै उनले निधनपछि आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दान गर्ने घोषणा गरेका थिए ।

जसअनुसार उनको पार्थिव शरीर अहिले पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ। पारिवारिक स्रोतका अनुसार उनको दाहसंस्कार नहुनेछ। वि.सं. २०१३ सालमा (हालखबर दैनिक) बाट पत्रकारिता यात्रा सुरु गरेका रिसालले रेडियो सगरमाथाबाट प्रशारण हुने कुरोकन्थो कार्यक्रम र उहिले बाजेका पालामाु नामक रेडियो शृङ्खलामार्फत आम श्रोताको मन जितेका थिए ।

पत्रकारिताको अतिरिक्त, समाजसेवा र मानव अधिकारका क्षेत्रमा समेत सक्रिय रिसालले विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन् । जसमा मानव अधिकार पुरस्कार, जगदम्बा श्री सम्मान, र वातावरण संरक्षणसम्बन्धी सम्मानहरू प्रमुख छन्। वि.सं. २०४८ सालको आमचुनावमा उनि नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । त्यसअघि उनले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको रूपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

भैरव रिसालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एउटा अमूल्य र प्रेरणादायी व्यक्तित्व गुमाएको छ। उनको योगदान सधैं स्मरणीय रहनेछ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ