४ असार २०८३, बिहिबार । June 18, 2026

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


२४ चैत्र २०८१, सोमबार  

60
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

यसका कारण गण्डकी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

साथै, यी प्रदेशका हिमाली भूभागमा पनि एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ। यद्यपि, देशका अधिकांश स्थानमा वर्षा नहुने सम्भावना उच्च रहेकोले सुख्खा अवस्था कायमै रहने देखिन्छ। यस्तो अवस्थामा आगलागी र वायु प्रदूषणको जोखिम बढ्ने भएकाले महाशाखाले सतर्क रहन र आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत यस्तो मौसमले असर पुर्‍याउन सक्ने भएकाले सम्बन्धित निकाय तथा नागरिकलाई सजग रहन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा