१५ फाल्गुन २०८२, शुक्रबार । February 28, 2026

आईपीएलमा राजस्थानको दोस्रो जित, पञ्जाबलाई ५० रनले हराउँदै सातौं स्थानमा उक्लियो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा राजस्थान रोयल्सले दोस्रो जित दर्ता गर्न सफल भएको छ ।

शनिबार सम्पन्न खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै अंकतालिकामा सातौं स्थानमा उक्लिएको हो। पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०५ रनको बलियो स्कोर खडा गर्‍यो। यशश्वी जैसवालले आक्रामक ६७ रनको योगदान दिएका थिए भने रियान पराग ४३ रनमा अविजित रहे।

कप्तान सन्जु सामसनले पनि ३८ रन जोडेर टिमलाई मजबुत स्थितिमा पुर्‍याएका थिए। पञ्जाबका बलरहरू मध्ये लकी फर्गुसनले २ विकेट लिएका थिए भने अर्शदीप सिंह र मार्को यान्सेनले १–१ विकेट हात पारे। दोस्रो इनिङमा २०६ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाब किङ्सले सुरुवातमै ४३ रनमै चार विकेट गुमाउँदै संघर्षपूर्ण अवस्थामा पुगेको थियो।

यद्यपि नेहाल वधेरा (६२ रन) र ग्लेन म्याक्सवेल (३० रन) ले ८८ रनको साझेदारी गर्दै टोलीलाई केही समय स्थायित्व दिन सफल भए। तर १५औं ओभरको अन्तिम बल र १६औं ओभरको पहिलो बलमा दुवै ब्याट्सम्यान आउट भएपछि पञ्जाब फेरि दबाबमा परेको थियो। अन्ततः पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो।

राजस्थानका जोफ्रा आर्चरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। महीश थिक्साना र सन्दीप शर्माले समान २ विकेट हात पारे भने कार्तिकेया सिंह र वानिन्दु हसरंगाले १–१ विकेट लिएका थिए। यो जितसँगै राजस्थानले ४ खेलमा ४ अंक बटुलेको छ र सातौं स्थानमा उक्लिएको छ।

पञ्जाब भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा झरेको छ, यो सिजनको पहिलो हार उसले भोगेको हो।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष