२ माघ २०८२, बिहिबार । January 16, 2026

आईपीएलमा राजस्थानको दोस्रो जित, पञ्जाबलाई ५० रनले हराउँदै सातौं स्थानमा उक्लियो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा राजस्थान रोयल्सले दोस्रो जित दर्ता गर्न सफल भएको छ ।

शनिबार सम्पन्न खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै अंकतालिकामा सातौं स्थानमा उक्लिएको हो। पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०५ रनको बलियो स्कोर खडा गर्‍यो। यशश्वी जैसवालले आक्रामक ६७ रनको योगदान दिएका थिए भने रियान पराग ४३ रनमा अविजित रहे।

कप्तान सन्जु सामसनले पनि ३८ रन जोडेर टिमलाई मजबुत स्थितिमा पुर्‍याएका थिए। पञ्जाबका बलरहरू मध्ये लकी फर्गुसनले २ विकेट लिएका थिए भने अर्शदीप सिंह र मार्को यान्सेनले १–१ विकेट हात पारे। दोस्रो इनिङमा २०६ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाब किङ्सले सुरुवातमै ४३ रनमै चार विकेट गुमाउँदै संघर्षपूर्ण अवस्थामा पुगेको थियो।

यद्यपि नेहाल वधेरा (६२ रन) र ग्लेन म्याक्सवेल (३० रन) ले ८८ रनको साझेदारी गर्दै टोलीलाई केही समय स्थायित्व दिन सफल भए। तर १५औं ओभरको अन्तिम बल र १६औं ओभरको पहिलो बलमा दुवै ब्याट्सम्यान आउट भएपछि पञ्जाब फेरि दबाबमा परेको थियो। अन्ततः पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो।

राजस्थानका जोफ्रा आर्चरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। महीश थिक्साना र सन्दीप शर्माले समान २ विकेट हात पारे भने कार्तिकेया सिंह र वानिन्दु हसरंगाले १–१ विकेट लिएका थिए। यो जितसँगै राजस्थानले ४ खेलमा ४ अंक बटुलेको छ र सातौं स्थानमा उक्लिएको छ।

पञ्जाब भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा झरेको छ, यो सिजनको पहिलो हार उसले भोगेको हो।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले