२ माघ २०८२, बिहिबार । January 16, 2026

आईपीएलमा दिल्लीको अपराजित यात्रा कायमै, चेन्नई २५ रनले पराजित



एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली क्यापिटल्सले आफ्नो अपराजित यात्रा कायम राख्दै शनिबार चेन्नई सुपर किङ्सलाई २५ रनले पराजित गरेको छ।

यो दिल्लीको लगातार तेस्रो जित हो। पहिले ब्याटिङ गर्दै दिल्लीले ६ विकेटको क्षतिमा १८३ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। ओपनर केएल राहुलले ५१ बलमा ७७ रनको उत्कृष्ट पारी खेले, जसमा ६ चौका र ३ छक्का समावेश थिए। अभिषेक पोरेलले ३३ तथा ट्रिस्टन स्टब्सले २४ रनमा अविजित योगदान दिए।

चेन्नईका बलरहरूमध्ये खलील अहमदले सबैभन्दा प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए। जडेजा, नूर अहमद र पथिरानाले समान १-१ विकेट हात पारे। १८४ रनको लक्ष्य पछ्याउन उत्रिएको चेन्नईले ५ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो। विजय शंकरले ६९ रनमा अविजित रहँदा एमएस धोनी २५ रनमै टिके। तर जितसम्म पुग्न सकेनन्।

दिल्लीका बलरहरूमध्ये विपराज निगमले २ विकेट लिए भने मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले १-१ विकेट झारे। यस जितसँगै दिल्लीले ३ खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

चेन्नई भने ४ खेलपछि केवल २ अंकका साथ आठौं स्थानमा सीमित रहेको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले