१ कार्तिक २०८३, आइतबार । October 18, 2026

बाल गीतान्जली स्कुलमा अभिभावक अभिमुखिकरण र प्री-स्कुल दीक्षान्त कार्यक्रम सम्पन्न


२२ चैत्र २०८१, शनिबार  

57
Shares

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित बाल गीतान्जली स्कुलले अभिभावक अभिमुखिकरण, प्री-स्कुल दीक्षान्त समारोह र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमले विद्यालयमा अध्ययनरत बालबालिकाहरूको प्रतिभा र सृजनशीलतालाई उजागर गर्ने उद्देश्य राखेको थियो। कार्यक्रमको उद्घाटन विद्यालयका प्राचार्य महेन्द्रराज घिमिरेले गरेका थिए। उनले विद्यालयको शैक्षिक दृष्टिकोण र बालमैत्री वातावरणमा केन्द्रित शैक्षिक गतिविधिहरूको बारेमा जानकारी दिए, जसले विद्यार्थीहरूलाई आत्मनिर्भर र अनुशासित बनाउन योगदान पुर्‍याउँछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले सम्पूर्ण अभिभावकलाई स्वागत गर्दै विद्यालय र अभिभावकबीचको सहकार्यलाई मजबुत बनाउन आग्रह गरे।

मुख्य वक्ताका रूपमा इनोभेटिभ एजुकेशन फाउण्डेशनकी निर्देशक चन्द्रा लिम्बुले परिवार र विद्यालयको संयुक्त प्रयासले बालबालिकाको भावनात्मक, सामाजिक र शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्। उनले डिजिटल युगमा अभिभावकको भूमिकाका बारेमा पनि विचार व्यक्त गरिन्।

सांस्कृतिक कार्यक्रममा बालबालिकाले आकर्षक नृत्य, गायन र अभिनय प्रस्तुत गरे, जसले उनका सार्वजनिक प्रस्तुति कौशललाई उजागर गर्‍यो। कार्यक्रममा यूकेजी तहका विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरियो र विद्यालयका स्काउट ट्रुपका सदस्य र शिक्षकहरूले सक्रिय भूमिका निभाए।

कार्यक्रमको समापनमा विद्यालयकी शिक्षिका सीमा रजकले उक्त कार्यक्रमलाई बालमैत्री शिक्षण पद्धतिका रूपमा प्रस्तुत गर्दै सबै सहयोगीप्रति आभार प्रकट गरिन्। यो कार्यक्रमले बालबालिकाको समग्र व्यक्तित्व विकास र अभिभावकको संलग्नतालाई सुदृढ पार्न महत्त्वपूर्ण योगदान दिएको विद्यालयको विश्वास छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि