२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आईपीएल २०२५: लखनउको शानदार जित, मुम्बई १२ रनले पराजित



काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आफ्नो दोस्रो जित दर्ता गर्न सफल भएको छ।

शुक्रबार सम्पन्न हाइ स्कोरिङ र रोमाञ्चक खेलमा लखनउले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गर्दै महत्वपूर्ण अंक थपेको हो। पहिले ब्याटिङ गर्दै लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रन बनायो। मिचेल मार्शले दमदार प्रदर्शन गर्दै ६० रनको योगदान दिए भने एइडेन मार्करमले ५३ रन बनाए।

मुम्बईका तर्फबाट कप्तान हार्दिक पान्ड्याले उत्कृष्ट बलिङ गर्दै ५ विकेट झारे, उनले ४ ओभरमा ३६ रन खर्चिए। अन्य बलरहरू ट्रेन्ट बोल्ट, अश्वनी कुमार र विग्नेश पुथुरले १-१ विकेट लिए। २०४ रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो। सुर्यकुमार यादवले उत्कृष्ट अर्धशतक जड्दै ४३ बलमा ६७ रन बनाए, तर टिमलाई जितसम्म पुर्‍याउन सकेनन्।

हार्दिक पान्ड्या २८ रनमा अविजित रहँदा तिलक वर्मा २५ रनमा रिटायर्ड आउट भए। खेलको निर्णायक मोड अन्तिम दुई ओभरमा देखियो। मुम्बईलाई १२ बलमा २९ रन आवश्यक परेको अवस्थामा शार्दुल ठाकुरले १९औं ओभरमा उत्कृष्ट बलिङ गर्दै मात्र ७ रन दिए। अन्तिम ओभरको सुरुआतमा छक्का आएपनि त्यसपछिका बलमा दबाब कायम राख्न लखनउ सफल रह्यो।

बलिङतर्फ लखनउका शार्दुल ठाकुर, आकाश दीप, दिग्वेश राथी र आवेश खानले समान रूपमा १-१ विकेट लिए। यस जितपछि लखनउले ४ खेलबाट ४ अंक जोड्दै अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ भने मुम्बई २ अंकसहित सातौं स्थानमा सीमित छ।

लिगको मध्य चरणमा प्रवेश गरिरहँदा दुवै टोलीका लागि आगामी खेलहरू निर्णायक बन्ने निश्चित देखिन्छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको