२६ चैत्र २०८१, बुधबार । April 9, 2025

ट्रम्पले गरे ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा एक नयाँ ‘गोल्ड कार्ड’ अनावरण गरेका छन्, जसको मूल्य ५० लाख अमेरिकी डलर रहेको छ।

राष्ट्रपतिले आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटोसहित पत्रकारसँग कुरा गर्दै भने, “विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ।” उनले थपे, “यो एक रोमाञ्चक कुरा हो र म पहिलो खरीदकर्ता भएको छु।” ट्रम्पले यस कार्डको बिक्रीलाई परम्परागत ग्रिन कार्डको उच्च मूल्य संस्करणका रूपमा प्रस्तुत गरेका छन् र यसलाई अमेरिकी रोजगारी सिर्जना र राष्ट्रिय घाटा घटाउन प्रयोग गर्न सकिने बताएका छन्।

अमेरिकी नागरिकता प्राप्त गर्न मार्गदर्शन गर्ने यस कार्डको बिक्रीसँगै ट्रम्पले लाखौँ कागजातविहीन आप्रवासीलाई देशबाट निकाल्नलाई प्राथमिकता दिएका छन्। उनले फेब्रुअरीमा भनेका थिए कि उनका प्रशासनले १० लाख कार्डहरू बिक्री गर्ने लक्ष्य राखेको छ र रूसी कुलीन वर्गका व्यक्तिहरूले यसलाई खरिद गर्न योग्य हुन सक्ने सम्भावना पनि इन्कार नगरेका थिए।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ५ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हेबेई प्रान्तको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

एजेन्सी । उत्तर चीनको हेबेई प्रान्तको लोङहुआ काउन्टीस्थित एक नर्सिङ

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य पनि केहि बढ्यो

काठमाडौं । नेपालमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको

पूर्वी तराईमा आकस्मिक बदली: मेघ गर्जन र चट्याङसँगै पानीको झरी

काठमाडौं । देशभर प्रदूषणको चपेटामा परेको मौसमले पूर्वी तराईमा भने

संगीत रोकिन नपाउँदै मृत्युको शंख : नाइटक्लबको छतले ७९ जीवन थिच्यो

काठमाडौं । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक

११ देखि ३ सम्म दाउन्ने सडक खण्डमा ‘नो इन्ट्री’

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार कार्य तीव्र रूपमा अगाडि बढेसँगै