२ माघ २०८२, बिहिबार । January 15, 2026

आईपीएलः कोलकाताको शानदार जित, हैदराबादलाई ८० रनले हरायो



एजेन्सी । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रभावशाली प्रदर्शन गर्दै सनराइजर्स हैदराबादलाई ८० रनको फराकिलो अन्तरले पराजित गरेको छ।

बिहीबार सम्पन्न खेलमा कोलकाताले आफ्नो दोस्रो जित दर्ता गर्न सफल भयो। कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १६.४ ओभरमै १२० रनमा समेटियो। हैदराबादका लागि हेनरिच क्लासेनले सर्वाधिक ३३ रन बनाए भने कामिन्दु मेन्डिसले २७ रन जोडे। नितिश कुमार रेड्डीले १९ रनको योगदान दिए।

कोलकाताका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने वैभव अरोराले ४ ओभरमा २९ रन दिएर ३ विकेट झारे। आन्द्रे रसलले २ विकेट लिँदा सुनिल नरायन र हर्शित रानाले १/१ विकेट लिए। यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रनको सम्मानजनक स्कोर खडा गरेको थियो। वेकंटेश अय्यरले ६० रनको अर्धशतकीय पारी खेले भने अंगकृश रघुवंशीले ५० रन बनाए।

हैदराबादका लागि मोहम्मद शामी, प्याट कमिन्स, जीशान अन्सारी, हर्शल पटेल र कामिन्दु मेन्डिसले समान १/१ विकेट लिए। यस जितसँगै कोलकाताले ४ खेलबाट ४ अंक जोड्दै अंकतालिकामा पाँचौं स्थान ओगटेको छ भने समान खेलबाट २ अंक मात्र रहेको हैदराबाद १०औं स्थानमा पुगेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले