२ कार्तिक २०८३, सोमबार । October 20, 2026

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यालय प्रवेशमा तनाव, उपप्रमुखले मेयर साहको आलोचना


२० चैत्र २०८१, बिहिबार  

105
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज तीन महिना १४ दिनपछि कार्यालय पुगेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिना अघि उनलाई हाजिर गराउन पत्र पठाएपछि आज उनको कार्यालय प्रवेश सम्भव भएको हो। गुरागाईँको कार्यालय प्रवेश गर्दा उपप्रमुख सुनिता डंगोल, कार्यपालिका सदस्य र वडाध्यक्षहरू उपस्थित थिए। मेयर बालेन साहले उनलाई रोक्न नगरप्रहरी परिचालन गरे पनि गुरागाईँले अवरोध छिचोल्दै कार्यकक्षमा प्रवेश गरेका छन्।

तर, कार्यकक्षको ताला लगाइएको थियो, र गुरागाईँ कार्यकक्षमा प्रवेश गर्न नसकेपछि बोर्ड बैठक हलमा अनौपचारिक बैठक बसेका थिए। बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गर्दै चेतावनी दिइन् कि कोठामा बसेर निर्देशन दिनु गलत हो, र सबैको हितका लागि एकजुट हुनुपर्ने आवश्यकता व्यक्त गरिन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १२ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि