२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

निर्देशक भट्टराईमाथि छानबिन शुरु, स्काउट शुद्धीकरण अभियानको अनसन स्थगित


२० चैत्र २०८१, बिहिबार  

24
Shares

काठमाडौं । नेपाल स्काउटमा देखिएका अनियमितता, अपारदर्शिता र अराजक गतिविधिहरूको विरुद्धमा शुरु गरिएको शुद्धीकरण अभियानले आफ्नो आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ।

स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानबिन प्रक्रिया शुरु भएपछि अभियानले स्काउट प्राङ्गणमा सुरु गरेको आमरण अनसन स्थगित गरेको हो। शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानबिनको माग गर्दै चैत्र १ गतेदेखि रिले अनसन शुरु गरेको थियो, र पछि चैत्र १३ गते आमरण अनसनमा प्रवेश गरेको थियो। भट्टराईमाथि आर्थिक अनियमितता र यौन दुर्व्यवहारका गम्भीर आरोपहरू लागेका छन्, जसको विरोधमा शुद्धीकरण अभियानले आन्दोलन गरेका थिए।

यसैबीच, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई फागुन ६ गते ज्ञापनपत्र बुझाएर भट्टराईमाथि छानबिनको माग गरिएको थियो। तर, चैत्र १७ गते शुद्धीकरण अभियान र युवा तथा खेलकुद मन्त्रालय बीच सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। समितिको संयोजकत्वमा मन्त्रालयका सहसचिव सुवाशचन्द्र शिवाकोटी नियुक्त गरिएको थियो, जसको सदस्यमा उपसचिव रमा भट्टराई, नेपाल स्काउटका प्रतिनिधि आशिक कार्की, तरुण रञ्जन दत्त र विदुर गिरी रहेका छन्।

समितिले छानबिन प्रक्रिया पूरा नहुञ्जेल भट्टराईलाई निर्देशकको जिम्मेवारीबाट अलग गर्ने निर्णय गरेको छ। शुद्धीकरण अभियानले अबका सबै आन्दोलन कार्यक्रम स्थगित गर्ने र नेपाल स्काउटको सिद्धान्त र मूल मर्मलाई स्थापित गर्नका लागि सरोकारवाला समक्ष अपिल गर्ने सहमति गरेको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १० : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ