७ बैशाख २०८२, आइतबार । April 20, 2025

पूर्वराजा ज्ञानेन्द्रमा संवेदनशीलता देखिएन: महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहको संवेदनशीलता नदेखिएको बताएका छन्।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रदर्शन पूर्वराजावादीहरूको आह्वानमा भएको र पूर्वराजाको अप्रत्यक्ष संलग्नता रहेको बताउनुभयो। प्रदर्शनपछि एक पत्रकारको मृत्यु भए तापनि पूर्वराजाले कुनै प्रतिक्रिया नदिएकोमा उन ले असन्तोष व्यक्त गरे।

“फागुन ७ मा अपिल गर्ने पूर्वराजा तीनकुने घटनाप्रति संवेदनशील हुनुहुन्न? उहाँलाई दुखाउनु पर्दैन? पत्रकारको ज्यान जाँदा उहाँलाई समवेदना महसुस हुँदैन?” महामन्त्री शर्माले प्रश्न गरे। त्यसैगरी, राज्यको सम्पत्ति तोडफोडमा गम्भीर गल्ती भएको भन्दै यस विषयमा बोल्नुपर्ने आवश्यकता औंल्याए।

महामन्त्री शर्माले राजतन्त्रको परिवारवादमा आधारित रहेको र गणतन्त्रको प्रणालीले महिलालाई राष्ट्रपतिको पदमा पुर्याएको कुरा पनि स्मरण गराए। उनले भने, “राजसंस्थामा सधैं पुरुषले मात्र अवसर पाउँछन्, तर गणतन्त्रले दोस्रो राष्ट्रपति महिलालाई बनाएको छ।”

उनले आगामी २०८४ सालको निर्वाचनपछि मुख्य राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक