२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

सुरेश रजकको मृत्यु: पोस्टमार्टम रिपोर्टले के खुलाउँछ?


१९ चैत्र २०८१, बुधबार  

18
Shares

काठमाडौं । तीनकुनेमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको शवमा गोली नलागेको कुरा पोस्टमार्टम रिपोर्टबाट स्पष्ट भएको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार, रजकको शरीरमा कुनै प्रकारको गोली लागेको पाइएको छैन।

डा. चौधरीले बताए, “शरीर जलेको अवस्थामा फोक्सोमा धुवाँको मुस्लो फसेको देखिन्छ। यसको अर्थ, आगोले नै उनको मृत्यु भएको हो।” उनले थपे, “अगाडि मारेर पछि आगो लगाइएको कुनै प्रमाण पाइएन।”

रजकको मृत्युसँगै गोली लागेको हल्ला चलिरहेको थियो। यसपछि चिकित्सकहरूले पोस्टमार्टम अघि एक्स–रे गर्नुपर्ने अडान लिए। बुधवार गरिएको एक्स–रे रिपोर्टपछि पोस्टमार्टम प्रक्रिया पूरा भएको थियो।

समाचारमा आएका गलत सूचनाका कारण एक्स–रे गर्न ढिलाइ भएको थियो, र केही मिडियामा रजकलाई गोली लागेको समाचार फैलिएको थियो। अब, पोस्टमार्टमपछि गोली नलागेको पक्का भएपछि, रजकको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ