१० माघ २०८२, शुक्रबार । January 23, 2026

नेपाल र थाइल्याण्ड बीच पर्यटन, संस्कृति र व्यापारमा नयाँ सम्झौतामा हस्ताक्षर



बैंकक । नेपाल र थाइल्याण्ड बीच आज पर्यटन, संस्कृतिसँग सम्बन्धित दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा यी समझदारीपत्रमा हस्ताक्षर भएका हुन्।

नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समझदारीपत्रमा हस्ताक्षर गरिन् भने थाइल्याण्डको तर्फबाट संस्कृतिसम्बन्धी सम्झौतामा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतामा पर्यटन मन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरे।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसले नेपाल र थाइल्याण्ड बीचको व्यापारिक सम्बन्धलाई सुदृढ गर्दै, आर्थिक सहकार्य र व्यापार विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ।

थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ ‘बिम्स्टेक’ सम्मेलनको अवसरमा प्रधानमन्त्री ओली नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल बैंकक पुगेका थिए।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते