२ माघ २०८२, बिहिबार । January 15, 2026

लुटपाटबाट भाटभटेनी बचाएका सुरक्षागार्डलाई ५ लाख पुरस्कार



काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले कोटेश्वरस्थित भाटभटेनीमा कार्यरत सुरक्षागार्ड कृष्णप्रसाद पराजुलीलाई विशेष कार्यक्रम मार्फत सम्मानित गरेका छन्।

बुधबार आयोजित एक समारोहमा, गुरुङले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको पुरस्कारसहित सम्मान गरेका हुन्। यो सम्मान सुरक्षागार्ड पराजुलीको साहसिक कार्यको मूल्यांकन स्वरूप दिइएको हो।

गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका दौरान केही व्यक्तिहरू भाटभटेनी सुपरमार्केटमा चोरीमा संलग्न भएका थिए। जब अन्य प्रदर्शनकारीहरू प्रहरीसँग झडपमा संलग्न थिए, पराजुलीले लुटपाटमा संलग्नलाई लट्ठीको सहायताले पक्रेर लखेटेका थिए।

उक्त घटना सामाजिक सञ्जालमा भाइरल भएपछि पराजुलीको साहसिकता र निष्ठालाई व्यापक सराहना प्राप्त भएको थियो।

त्यसैगरी, कार्यक्रमको क्रममा ड्युटीमा रहेका अन्य दुई सुरक्षागार्डलाई पनि जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मानित गरिएको थियो।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ११ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले