२७ बैशाख २०८३, आइतबार । May 11, 2026

गुजरातको पटाका गोदाममा विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते


१९ चैत्र २०८१, बुधबार  

21
Shares

एजेन्सी । भारतको गुजरात राज्यको बनासकाँठा जिल्लास्थित डीसा नगरमा मंगलबार एक पटाका गोदाममा भएको शक्तिशाली विस्फोटपछि भीषण आगलागी हुँदा १७ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन्।

विस्फोटपछि गोदामको केही भाग भत्किएको र थुप्रै मानिसहरू फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुरहरू थिए, जो त्यहाँ काम गरिरहेका थिए। सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको पुष्टि भएको छ। घटनाका बेला कति मजदुरहरू त्यहाँ उपस्थित थिए भन्ने अझै स्पष्ट भएको छैन।

करिब २०० जना उद्धारकर्मी परिचालन गरी उद्धार कार्य जारी राखिएको छ। प्रहरी र स्थानीय प्रशासनले आगलागीको कारण पत्ता लगाउने अनुसन्धान सुरु गरिसकेको छ।

भारतमा पटाका कारखाना तथा गोदामहरूमा सुरक्षाका मापदण्डहरूको बेवास्ता गरिँदा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा