३० चैत्र २०८१, आइतबार । April 13, 2025

गुजरातको पटाका गोदाममा विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते



एजेन्सी । भारतको गुजरात राज्यको बनासकाँठा जिल्लास्थित डीसा नगरमा मंगलबार एक पटाका गोदाममा भएको शक्तिशाली विस्फोटपछि भीषण आगलागी हुँदा १७ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन्।

विस्फोटपछि गोदामको केही भाग भत्किएको र थुप्रै मानिसहरू फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुरहरू थिए, जो त्यहाँ काम गरिरहेका थिए। सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको पुष्टि भएको छ। घटनाका बेला कति मजदुरहरू त्यहाँ उपस्थित थिए भन्ने अझै स्पष्ट भएको छैन।

करिब २०० जना उद्धारकर्मी परिचालन गरी उद्धार कार्य जारी राखिएको छ। प्रहरी र स्थानीय प्रशासनले आगलागीको कारण पत्ता लगाउने अनुसन्धान सुरु गरिसकेको छ।

भारतमा पटाका कारखाना तथा गोदामहरूमा सुरक्षाका मापदण्डहरूको बेवास्ता गरिँदा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ८.८४ अंकले घट्यो

काठमाडौं । वर्ष २०८१ को अन्तिम दिन आइतबार सेयर बजार

रवि लामिछानेको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, फैसला कहिले आउला ?

काठमाडौं । थुनामुक्तिको माग गर्दै रवि लामिछानेले दायर गरेको रिटमा

यू–१९ विश्वकप छनोटः नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले युएईविरुद्ध

नेपाललाई हराउँदै चार देशीय टी–२० सिरिजको उपाधि कुवेतले उचाल्यो

काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट सिरिजमा कुवेतले

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले