२ माघ २०८२, बिहिबार । January 15, 2026

गुजरातको पटाका गोदाममा विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते



एजेन्सी । भारतको गुजरात राज्यको बनासकाँठा जिल्लास्थित डीसा नगरमा मंगलबार एक पटाका गोदाममा भएको शक्तिशाली विस्फोटपछि भीषण आगलागी हुँदा १७ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन्।

विस्फोटपछि गोदामको केही भाग भत्किएको र थुप्रै मानिसहरू फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुरहरू थिए, जो त्यहाँ काम गरिरहेका थिए। सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको पुष्टि भएको छ। घटनाका बेला कति मजदुरहरू त्यहाँ उपस्थित थिए भन्ने अझै स्पष्ट भएको छैन।

करिब २०० जना उद्धारकर्मी परिचालन गरी उद्धार कार्य जारी राखिएको छ। प्रहरी र स्थानीय प्रशासनले आगलागीको कारण पत्ता लगाउने अनुसन्धान सुरु गरिसकेको छ।

भारतमा पटाका कारखाना तथा गोदामहरूमा सुरक्षाका मापदण्डहरूको बेवास्ता गरिँदा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले