२ माघ २०८२, बिहिबार । January 15, 2026

मलेसियामा ग्यास पाइपलाइन विस्फोट, ३३ जना घाइते



क्वालालम्पुर । मलेसियाको मध्य सेलाङ्गोर राज्यस्थित पुत्रा हाइट्स क्षेत्रमा मंगलबार भयावह आगलागी भएको छ।

प्रारम्भिक जानकारीअनुसार, ग्यास पाइपलाइन विस्फोटका कारण आगलागी भएको बताइएको छ, जसले स्थानीय बासिन्दामा त्रास फैलाएको छ। विस्फोटपछि वरपरका घर खाली गराइएको थियो भने आगोको लप्को धेरै किलोमिटरसम्म देखिएको थियो। यस घटनामा ३३ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्, जसमा ६ जनालाई अस्पताल भर्ना गरिएको छ।

घरभित्र फसेका केही व्यक्तिहरूको उद्धारकार्य जारी छ। आगलागी नियन्त्रण गर्न सेलाङ्गोरबाट दर्जनौं अग्निनियन्त्रकहरू परिचालन गरिएको छ। विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइलका अनुसार, घटनास्थलमा पुगेका अग्निनियन्त्रकहरूले ग्यास पाइपलाइन विस्फोटनकै कारण आगो लागेको पुष्टि गरेका छन्।

मलेसियाली राष्ट्रिय तेल कम्पनी पेट्रोनासले एक विज्ञप्तिमा बिहान ८स्१० बजे ग्यास पाइपलाइन विस्फोट भएपछि आगलागी भएको जनाएको छ। प्रभावित पाइपलाइनलाई अलग गरिएको छ भने आगलागी स्थल नजिकै रहेका तीनवटा ग्यास स्टेसनहरूलाई सावधानीका रूपमा अस्थायी रूपमा बन्द गरिएको छ।

घटनाको विस्तृत अनुसन्धान जारी छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले