३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

मलेसियामा ग्यास पाइपलाइन विस्फोट, ३३ जना घाइते


१८ चैत्र २०८१, मंगलबार  

114
Shares

क्वालालम्पुर । मलेसियाको मध्य सेलाङ्गोर राज्यस्थित पुत्रा हाइट्स क्षेत्रमा मंगलबार भयावह आगलागी भएको छ।

प्रारम्भिक जानकारीअनुसार, ग्यास पाइपलाइन विस्फोटका कारण आगलागी भएको बताइएको छ, जसले स्थानीय बासिन्दामा त्रास फैलाएको छ। विस्फोटपछि वरपरका घर खाली गराइएको थियो भने आगोको लप्को धेरै किलोमिटरसम्म देखिएको थियो। यस घटनामा ३३ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्, जसमा ६ जनालाई अस्पताल भर्ना गरिएको छ।

घरभित्र फसेका केही व्यक्तिहरूको उद्धारकार्य जारी छ। आगलागी नियन्त्रण गर्न सेलाङ्गोरबाट दर्जनौं अग्निनियन्त्रकहरू परिचालन गरिएको छ। विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइलका अनुसार, घटनास्थलमा पुगेका अग्निनियन्त्रकहरूले ग्यास पाइपलाइन विस्फोटनकै कारण आगो लागेको पुष्टि गरेका छन्।

मलेसियाली राष्ट्रिय तेल कम्पनी पेट्रोनासले एक विज्ञप्तिमा बिहान ८स्१० बजे ग्यास पाइपलाइन विस्फोट भएपछि आगलागी भएको जनाएको छ। प्रभावित पाइपलाइनलाई अलग गरिएको छ भने आगलागी स्थल नजिकै रहेका तीनवटा ग्यास स्टेसनहरूलाई सावधानीका रूपमा अस्थायी रूपमा बन्द गरिएको छ।

घटनाको विस्तृत अनुसन्धान जारी छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय