२ माघ २०८२, बिहिबार । January 15, 2026

दाङको टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सुरु



दाङ । तीन महिनापछि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा सोमबारदेखि हवाई सेवा पुनः सञ्चालन भएको छ।

नेपाल एयरलाइन्सका अनुसार, हाललाई प्रत्येक सोमबार नियमित उडान हुनेछ भने यात्रुको माग अनुसार थप उडानको सम्भावना पनि खुला छ। टरिगाउँ विमानस्थल पटक–पटक हवाई सेवाको अवरोधको सामना गर्दै आएको छ। यसअघि पुस २ गतेदेखि उडान बन्द भएको थियो, जसका कारण यात्रुहरूलाई नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता थियो।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर मात्र रहेको छ, जसले गर्दा ठूला जहाज अवतरण गर्न सक्दैनन्। अहिले १९ सिटे जहाज मात्रै सञ्चालन भइरहेको छ । धावनमार्ग विस्तारको माग पटक–पटक उठ्दै आए पनि हालसम्म कुनै ठोस निर्णय भएको छैन।

विमानस्थल स्तरोन्नति भएमा दाङलगायत आसपासका क्षेत्रका यात्रुहरूलाई ठूलो सुविधा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले