२ माघ २०८२, बिहिबार । January 15, 2026

आईपीएल: स्टार्कको घातक बलिङ र डुप्लेसिसको अर्धशतकले दिल्ली विजयी



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मिचेल स्टार्कको प्रभावशाली बलिङ र फाफ डुप्लेसिसको अर्धशतकको मद्दतले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

आइतबार विशाखापटनममा भएको खेलमा दिल्लीले १६४ रनको लक्ष्य १६ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर फाफ डुप्लेसिसले ५० रन, जेक फ्रेजर मेगर्कले ३८ रन, अभिषेक पोरेलले अविजित ३४ रन तथा ट्रिस्टन स्टब्सले अविजित २१ रन जोडे। केएल राहुलले १५ रन बनाए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबाद १९.२ ओभरमै १६३ रनमा अलआउट भयो। हैदराबादका लागि अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाए भने हेनरिच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रनको योगदान दिए। दिल्लीका मिचेल स्टार्कले ४ ओभरमा ५ विकेट लिँदै घातक बलिङ प्रदर्शन गरे, जबकि कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए।

यस जितसँगै दिल्ली क्यापिटल्सले २ खेलमा ४ अंक जोडेको छ, जबकि हैदराबादले ३ खेलमा २ अंक मात्र बनाउन सकेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले