२ माघ २०८२, बिहिबार । January 15, 2026

महिला टी-२० विश्वकप एसिया छनोटका लागि २८ खेलाडी छनोट



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मे महिनामा थाइल्यान्डमा हुने महिला टी-२० विश्वकप एसिया छनोटका लागि २८ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। छनोटमा परेका खेलाडीहरू बन्द प्रशिक्षणका लागि बोलाइएका छन्।

छनोटमा परेकाहरूमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, बिन्दु रावल, एलिसा कुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छन्। यस्तै, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषा कुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झना कुमारी खड्का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद पनि छनोट भएका छन्।

क्यानका अनुसार नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण चैत १९ गतेदेखि सुरु हुनेछ। एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले