१ आश्विन २०८३, बिहिबार । September 18, 2026

नेपाल स्काउट शुद्धिकरण अभियानको आमरण अनशन पाँचौ दिनमा, सरकारप्रति उपेक्षाको आरोप


१६ चैत्र २०८१, आइतबार  

123
Shares

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले आफ्ना मागहरू पूरा गराउन दबाब स्वरूप सुरु गरेको आमरण अनशन पाँचौं दिन पुगेको छ।

स्काउटको राष्ट्रिय प्रधान कार्यालयअगाडि सहायक राष्ट्रिय प्रशिक्षक देवदुत अधिकारी र स्काउटर पवन गुरुङ अनशनमा बसेका छन्। चार सूत्रीय मागसहित सुरु गरिएको आन्दोलनलाई सरकारले अहिलेसम्म व्यवास्ता गरेको भन्दै अभियानका सदस्यहरूले असन्तुष्टि जनाएका छन्।

नेपाल स्काउट परिषद सदस्य विमला श्रेष्ठले सरकारको मौनता दुःखद भएको बताउँदै अनशनरत व्यक्तिहरूको मागलाई व्यवास्ता नगर्न आग्रह गरिन्। नेपाल स्काउट शुद्धिकरण अभियानका सदस्य रमेश सितेखुले १३ दिनदेखि रिले अनशन र पाँच दिनदेखि आमरण अनशन भए पनि खेलकुद मन्त्री तेजुलाल चौधरीले यो गम्भीर विषयलाई दबाउन खोजेको आरोप लगाए।

यस्तै,पूर्व राष्ट्रिय परिषद् सदस्य खडानन्द शर्मा अधिकारीले सरकारले अनशनरत व्यक्तिहरूको जीवन सुरक्षामा ध्यान दिनुपर्ने बताएका छन्। अनशनरत पक्षले नेपाल स्काउटभित्रको अनियमितताको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन, कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन, निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोपको निष्पक्ष छानबिन तथा स्काउटको वित्तीय तथा प्रशासनिक प्रक्रिया पारदर्शी बनाउनुपर्ने लगायतका माग अघि सारेका छन्।

माग पूरा गराउन नेपाल स्काउट शुद्धिकरण अभियानले चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ