६ असार २०८३, शनिबार । June 20, 2026

पत्रकार सुरेश रजकको पोस्टमार्टम रोकियो, परिवारले माग पूरा नभएसम्म प्रक्रिया अघि नबढाउने


१६ चैत्र २०८१, आइतबार  

159
Shares

काठमाडौं । शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका एभिन्युजका पत्रकार सुरेश रजकका दाजु रमेश रजकले आफ्ना माग पूरा नभएसम्म भाइको पोस्टमार्टम नगराउने बताएका छन्।

उनका अनुसार, सुरेशको शव अहिले टिचिङ अस्पताल, महाराजगञ्जमा राखिएको छ, तर सरकारले आफूहरूले अघि सारेका माग सम्बोधन नगरेसम्म कुनै प्रक्रिया अघि नबढाइनेछ। रमेशले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “मेरो भाइको शव अहिले पनि अस्पतालमै छ। जबसम्म सरकारसँग राखिएको माग पूरा हुँदैन, तबसम्म कुनै प्रक्रिया अघि बढ्दैन।”

सुरेश रजकको मृत्यु शुक्रबार तीनकुनेस्थित झडप र प्रदर्शनको भिडियो खिच्ने क्रममा भएको थियो। त्यही क्रममा एक घरमा लागेको आगलागीमा परेर उनको ज्यान गएको बताइएको छ। तर, केही व्यक्तिहरूले सुरेश प्रहरीको गोलीले मारिएको अफवाह फैलाएपछि उनका दाजुले सत्यतथ्य सार्वजनिक गरेका हुन्।

रजक परिवारको मागप्रति सरकार कसरी प्रतिक्रिया दिन्छ भन्ने अहिले चासोको विषय बनेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ५ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा