२० श्रावण २०८३, बुधबार । August 6, 2026

प्रतिनिधिसभा बैठक पुनः स्थगित, विपक्षीको अवरोध कायमै


१६ चैत्र २०८१, आइतबार  

48
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पुनः स्थगित गरिएको छ।

बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भए पनि विपक्षी दलहरूको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन सकेन। विशेष गरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको स्पष्टीकरण माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो।

प्रारम्भमा बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो, तर परिस्थिति सहज नभएपछि पुनः अपराह्न ४ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ। सत्तारूढ दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा आवश्यक स्पष्टीकरण दिने जानकारी गराए तापनि विपक्षी दलहरूले तत्काल जवाफ दिनुपर्ने अडान राख्दै अवरोध जारी राखेका छन्।

फलस्वरूप, प्रतिनिधिसभा बैठक सामान्य रूपमा सञ्चालन हुन नसकेको हो।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध