२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जनकपुरमा प्रहरी र स्थानीयबीच झडप, अश्रुग्यास प्रहारपछि अवस्था नियन्त्रणमा


१६ चैत्र २०८१, आइतबार  

54
Shares

काठमाडौं । १५ दिनअघिको घटनालाई लिएर जनकपुरमा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ।

जनकपुरधाम उपमहानगरपालिका-२३, विन्धीमा स्थानीयले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेपछि स्थिति तनावपूर्ण बनेको हो। झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएका छन्, तर उनीहरूको विस्तृत विवरण आउन बाँकी छ। स्थानीयहरूले छुरा प्रहार घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका थिए।

प्रदर्शन बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रण गर्न दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो। यस घटनाको सुरुवात गत चैत २ गते भएको थियो, जब होली खेल्ने क्रममा कुर्ता च्यातिएको विषयलाई लिएर २१ वर्षीय धर्मेन्द्र महतोले १५ वर्षीय आशु यादवलाई घरबाट बोलाई छुरा प्रहार गरेका थिए।

घटनामा आशुको दर्दनाक मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए। धर्मेन्द्र महतो घटनालगत्तै पक्राउ परिसकेका छन्। अहिले स्थिति सामान्य भइसकेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ