२ माघ २०८२, बिहिबार । January 15, 2026

साताको पहिलो दिन सेयर बजार उकालो, नेप्से ३२ अंकले वृद्धि



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार हरियाली देखिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.२४ अंकले बढ्दै २,६९५.५५ अंकमा पुगेको छ। दिनभर २,७०० अंकभन्दा माथि पुगेको बजार अन्त्यमा सो स्तरभन्दा तल झरेर बन्द भएको हो। आजको कारोबारमा कुल २४४ कम्पनी सहभागी भए, जसमा २२२ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो।

कारोबार रकम पनि उच्च रह्यो, जहाँ कूल ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। क्षेत्रगत रूपमा हेर्दा, म्युचुअल फण्ड बाहेक सबै सूचकहरू सकारात्मक रहे। फाइनान्स र अन्य समूहमा २ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ भने होटल तथा जलविद्युत् (हाइड्रोपावर) क्षेत्रमा १ प्रतिशतभन्दा धेरैको सुधार आएको छ।

आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन। तर, जोशी हाइड्रोपावरको सेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढ्यो, भने प्रभु स्मार्ट फण्डको मूल्य ५.७४ प्रतिशतले घट्यो। कारोबार संख्याको हिसाबले हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो भने कारोबार भएका सेयर संख्याका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रवर्द्धक सेयर (प्रोमोटर सेयर) सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ।

शुक्रबारको तनावपूर्ण राजनीतिक घटनाक्रमपछि खुलेको सेयर बजारले सकारात्मक संकेत देखाएको छ।

लामो समयदेखि गिरावटमा रहेको बजारले तरल राजनीतिक अवस्था बीच सुधार देखाउँदै लगानीकर्तालाई उत्साहित बनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ३ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले