२७ मंसिर २०८२, शुक्रबार । December 13, 2025

अमेरिकामा विमान दुघर्टना, उड्नासाथ घरमाथि खस्यो



वासिङ्टन डीसी । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ। आयोवाबाट मिनेसोटातर्फ गइरहेको एक सानो विमान ब्रुकलिन पार्कमा दुर्घटनाग्रस्त भएको हो, जसमा कम्तीमा एक जनाको मृत्यु भएको छ।

यो दुर्घटना शनिवार मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको थियो। दुर्घटनामा सवार व्यक्तिहरूको संख्या अझै पुष्टि हुन सकेको छैन, तर विमानमा ६ जनासम्म सवार हुने क्षमता थियो।

ब्रुकलिन पार्कका प्रवक्ता रिसिकत अदेसाओगुनका अनुसार, घरका बासिन्दाहरू सुरक्षित छन्, तर घर आगलागीबाट पूरै नष्ट भएको छ। एफएएका अनुसार, विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको र अनोका काउन्टी–ब्लेन विमानस्थलमा अवतरण गर्न लागेको थियो।

घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्डले गरिरहेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले