२ कार्तिक २०८३, सोमबार । October 19, 2026

तिनकुने घटनाः दुर्गा प्रसाईँ अझै फरार, उनको राहदानी ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी


१६ चैत्र २०८१, आइतबार  

36
Shares

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजसंस्था पुनःस्थापनाको मागसहित आयोजित प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा निकायले घटनाको समीक्षा गर्दैछ।

सुरक्षा अधिकारीहरूको विश्लेषणअनुसार प्रदर्शन संयोजक दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गर्दै गाडी चलाएपछि स्थिति झन् तनावग्रस्त बनेको थियो। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक समेत रहेका मेडिकल व्यवसायी प्रसाईं हाल फरार छन्।

उनी प्रदर्शनस्थलबाट स्कोर्पियो गाडीमा भागेको देखिए पनि शनिबार साँझसम्म उनको अत्तोपत्तो लागेको छैन। प्रहरीले उनको राहदानीलाई कालोसूची (ब्ल्याकलिस्ट) मा राख्ने प्रक्रिया अघि बढाएको छ। अध्यागमन विभागमा ब्ल्याकलिस्ट भएपछि अन्तर्राष्ट्रिय सिमानामा उनले आउजाउ गर्न नसक्ने र पक्राउ गर्न सहज हुने प्रहरी अधिकारीहरू बताउँछन्।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार, आइतबारसम्म प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरिनेछ। चैत १५ गतेको प्रदर्शनमा दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्व रहेको थियो, जसका क्रममा हिंसा भड्किँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा कीर्तिपुर नगरपालिका–४ का सविन महर्जन र पत्रकार सुरेश रजक रहेका छन्।

प्रदर्शनका मुख्य नेतृत्वकर्तामध्ये नवराज सुवेदीसहित १० जना हाल प्रहरी नियन्त्रणमा छन्। उनीहरूलाई फौजदारी मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि