२ माघ २०८२, बिहिबार । January 15, 2026

आईपीएलः मुम्बई इन्डियन्सको लगातार दोस्रो हार, गुजरात ३६ रनले विजयी



एजेन्सी । मुम्बई इन्डियन्सलाई आईपीएल २०२५ मा लगातार दोस्रो हार भोग्नु परेको छ।

शनिबार, नरेन्द्र मोदी रंगशालामा भएको खेलमा गुजरात टाइटन्सले मुम्बईलाई ३६ रनले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९७ रनको लक्ष्य मुम्बईलाई दिइयो। जवाफमा, मुम्बई इन्डियन्स २० ओभरमा ६ विकेट गुमाउँदा १६० रन मात्र बनाउन सक्यो।

पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चार विकेट र दोस्रो खेलमा गुजरात पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको मुम्बईले अहिले पनि आफ्नो खाता खोल्न सकेको छैन। यस जितसँगै गुजरात टाइटन्सले दुई अंक जोडेको छ। मुम्बई इन्डियन्सको इनिङ्समा, सुर्यकुमार यादवले २८ बलमा ४८ रन बनाएका थिए, जसमा तीन चौका र ४ छक्का समावेश थिए।

तिलक वर्माले ३९ रनको योगदान गरे। यिनले तेस्रो विकेटको लागि ४२ बलमा ६२ रनको साझेदारी गरेका थिए। गुजरात टाइटन्सको लागि, साई सुदर्शनले ४१ बलमा ६३ रन बनाउँदै सर्वाधिक रन बनाए। कप्तान शुभमन गिलले २७ बलमा ३८ रन जोडेका थिए। पहिलो विकेटको साझेदारीमा दुवैले ७८ रन जोडेका थिए।

आज आईपीएलमा दुई खेल हुनेछन्स् दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद तथा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले