३० असार २०८३, मंगलबार । July 14, 2026

राष्ट्रपति पौडेलको उपस्थितिमा घोडेजात्रा सम्पन्न


१५ चैत्र २०८१, शनिबार  

24
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित समारोहको अवलोकन गरेका छन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री र मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेका थियो।

यस अवसरमा, राष्ट्रपति पौडेलले सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । कार्यक्रमको दौरान घोडा दौड, घोडा जम्प र अन्य रोचक कला प्रदर्शन गरिएको थियो । घोडाका विभिन्न उपयोगहरू-जस्तै सामान ओसारपसार, यात्रा, कृषि, शिकार, लडाइँ, उत्सव र खेल-समेत देखाइएका थिए । साथै, कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए, र उत्कृष्ट प्रदर्शनी प्रस्तुत गर्नेलाई पुरस्कार प्रदान गरिएको थियो ।

घोडेजात्रा पर्व प्रत्येक वर्ष चैत्र कृष्ण औँसीको दिन काठमाडौँ उपत्यकामा परम्परागत रूपमा मनाइन्छ। किंवदन्ती अनुसार, एक समय काठमाडौँका बालबालिकालाई तर्साउने राक्षस गुरुमापाको आत्मालाई शान्त पार्न यो परम्परा शुरु भएको हो। आजको दिन ललितपुरमा पनि कानो घोडा दौडाएर यो पर्व मनाउने परम्परा रहेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर