२७ माघ २०८२, सोमबार । February 10, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी



काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा र राहदानी रद्द गर्ने प्रक्रियामा कदम चालेको छ। यो निर्णय विशेष गरी २५ मार्च शुक्रबार भएको हिंसात्मक प्रदर्शनको संदर्भमा आएको हो, जुन दुर्गा प्रसाईंको नेतृत्वमा भएको थियो।

गृह मन्त्रालयका उच्च स्रोतका अनुसार, “पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको थियो। छानबिनपछि विदेश भाग्ने आशंका रहेकोले उनका सबै सेवा सुविधा र राहदानी रद्द गर्ने प्रक्रिया सुरु गरिएको छ।”

शुक्रबारको मन्त्रिपरिषद बैठकमा उक्त हिंसात्मक घटनाबारे गम्भीर छलफल भएको थियो, जसमा ज्ञानेन्द्रलाई देश बाहिर जान रोक्न र उनीलाई पाउँदै आएको सुविधाहरू खोस्न प्रस्ताव गरिएको छ।

सन्देश अनुसार, तीनकुनेमा शान्तिपूर्ण प्रदर्शनको नाममा प्रदर्शनकारीहरूले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए, जसका कारण दुईजनाको मृत्यु र ११० जना घाइते भएका छन्। यसमा ५३ जना नेपाल प्रहरीका, २२ जना सशस्त्र प्रहरी बलका र ३५ जना प्रदर्शनकारीहरू समावेश छन्।

यति मात्र होइन, उक्त प्रदर्शनका क्रममा नौ वटा सरकारी सवारी साधन र छ वटा अन्य सवारी साधनमा आगजनी र १४ स्थानमा आगजनीका घटनाहरू रिपोर्ट भएका छन्। प्रहरीले घटनामा संलग्न १०५ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  १ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी